माघ १२
छत्रकोट गाउँपालिकाले उखु उत्पादन बढाउन किसान लाई अनुदानमा बिउ उपलब्ध गराउने भएको छ ।
स्थानिय गुण खुदोको माग बढे पछि किसानले उखुको बिउ र प्रबिधीको माग गरेकाले अनुदानमा बिउ उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले यस बर्ष उखु बिउ अनुदानको लागि १० लाख रुपैया बिनियोजन गरेको थियो । बिनियोजित रकम बराबरको,७० प्रतिशत अनुदानमा उखुको बिउ किसानको बारिमा पुर्याई दिने भएको हो ।
यसको लागि हिजो छत्रकोट गाउँपालिका र गाउँले ग्रुप अफ इन्ड्रष्ट्रिज प्रा ली दिगाम बिच संझौता भएको छ । सम्झौता अनुसार प्रालीले रातो कोसेरे उखुको बिउ १४ सय क्विन्टल, प्रति किलो ९ रुपैया १० पैसामा उपलब्ध गराउने छ ।
वडा नं. ४ मा ९८ र वडा नं. ३ मा २८ गरि १२६ जना किसानले बिभिन्न जातका ३ हजार २ सय ८० किलो उखुको बिउ माग गरेकोमा प्रति रोपनी ढाई देखि ३ सय किलोका दरले बिउ बितरण गर्न लागिएको छ । नपुगेको अन्य जातको बिउको लागि प्रयास भएको र अबको १५ दिनमा सबै किसानको बारिमा बिउ पुर्याईने कृषि अधिकृत प्रदिप पन्थले बताउनु भयो ।
मुख्य रुपमा छत्रकोट गाउँपालिकाको वडा नं. ४ दिगाम, हर्दिनेटा र खर्ज्याङ्गको केहि स्थान धेरै बर्ष पहिले देखि खुदो र गुणको लागि प्रशिद्ध रहेको छ ।
पछिल्लो समय किसान उखु खेतिमा अकर्सित भएका छन । छत्रकोटको करिब सबै वडामा उखुको थोरै थोरै ब्यवसायिक खेति सुरु भएको छ । छत्रकोट गाउँपालिकाले बिगत केही बर्ष देखि बिभिन्न स्वरुपमा लगानी र अनुदान दिई रहेको छ । गत बर्ष ६ लाख र यस बर्ष १० लाख रुपैया उखुको बिउको लागि अनुदानको ब्यवस्था गरेको छ । छत्रकोट गाउँपालिकामा पछिल्लो समय उखु उत्पादनको क्षेत्र बिकास भएको छ । बिगतका बर्षमा ४/५ रुपैया किलोमा बिक्री हुदै आएको उखु यस बर्ष सिजनको सुरुमै ८ रुपैयामा कारोबार भईरहेको छ ।