चैत २
बिन्दवासिनी म्युजिक अवार्डको १४ औं संस्करणमा बर्षको सर्वोउत्कृष्ट लोक दोहोरी गायक बाट रामचन्द्र चन्द सम्मानित
भएका छन ।
जमलस्थित राष्ट्रिय नाचघरमा हिजो सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्ड बाट घाटि रेट्नलाइ गीत बाट चन्द सम्मानित भएका हुन।
गुल्मीको अग्लुङमा जन्मिएका गायक चन्द लोकदोहोरी क्षेत्रमा चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेका उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
स्कूल पढ्दादेखि नै गीत गाउन रुची राख्ने चन्द पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाउन सफल भएका हुुन् ।
२०६३ सालदेखि लोक संगीतको क्षेत्रमा प्रवेश गरेका उनी दर्जानौं गीत निकालेर दर्शकहरुको मनमा बस्न सफल भएका छन् ।
लामो समय सञ्चारकर्म गरी नेपाली लोक संस्कृतिको फाँटमा प्रवेश गरेका चन्दले विशेष गरी सामाजिक यथार्थ र माया, पिरतीका गीतलाई प्राथमिता दिने गर्दछन् ।
चन्दले ‘माया सारै छ’ बोलको पहिलो लोकदोहोरी गीत बजारमा ल्याएका थिए । यो गीतको अपार सफलतापछि उनले चरी रुखमा, भीरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, गुल्मीको शान,भुल्दै भुल्दै जानु,आमा अँध्यारो, तीन फुर्के डोरी, फूल फुल्यो केसरी, मेची महाकालीलगायतका दर्जनौँ गीतमा स्वर दिएका छन् ।
उनले कतार, युएइई, दुवई, ओमन, बहराइन, कोरिया जस्ता देशको सांगीतिक भ्रमण समेत गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका चन्द बिभिन्न अवार्डबाट समेत सम्मानित भएका छन् ।
लोक गायन पुरस्कार–२०७६, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९,नुर गंगा प्रतिभा पुरस्कार २०७६, पहिलो दशैं तिहार फेस्टिभल म्यूजिक अवार्ड २०८० जस्ता अवार्डबाट उनी सम्मानित भएको पाइन्छ ।