चैत २
छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा छत्रकोट ५ खर्ज्याङ्गमा हिजो महिला सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा पाठेघरको मुखको स्क्रिनीङ VIA ३४, लामो समयको गर्भान्तर Implant ५ , रिङ पेसरी लगाउने २ जना भिडियो एक्सरे ७० जना र महिला रोग सम्बन्धी सेवा ९५ जनानाले सेवा लिएका छन ।
शिविरमा डा विवेक बिराट खनालले भिडियो एक्सरे सेवा,ओमकला सोमरे र समिक्षा पन्थले ख्क्ष्ब् सेवा , सिनियर अनमी अधिकृत भगवती ज्ञवालीले लामो समयको गर्भान्तर सेवा VIA सेवा र शिविरमा सिअहेव अधिकृत युवराज पाण्डे,हेअ बिष्णु रजाली,सिअनमी राधा पाण्डे,अहेव सरस्वती शर्मा ,ल्याव असिस्टेन्ट अनिता अर्याल,मदन घर्ती स्थानीय सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाले सेवा पुर्याउनु भएको थियो ।
कार्यक्रमको सहजिकरण सिअहेव सपना टण्डनले गर्नु भएको थियो । समग्र शिविरको व्यवस्थापन स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दरले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन वडा सदस्य उर्मिला आचार्य नेपालीले गर्नु भएको थियो । शिविरबारे डा विबेक बिराट खनाले जानकारी गराउनु भएको थियो ।