चैत ५
छत्रकोट गाउँपालिका गुल्मीमा महिला सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बार्षिक बिनियोजित कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा पालिकाको ६ वटै वडामा शिबिरको आयोजना गरिएकको थियो ।
शिविरमा पाठेघरको मुखको स्क्रिनीङ,रिङ पेसरी लगाउने,लामो समयको गर्भान्तर अईयुसिडी सेवा, इम्पलान्ट सेवा, भिडियो एक्सरे र महिला रोग सम्बन्धी सेवा निशुल्क दिईएको थियो । शिबिरमा ११ सय ९७ जनाले बिभिन्न स्वास्थ्य सेवा लिएको, स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो ।
शिबिरमा उपचार गराउने मध्ये ८० प्रतिशत सामान्य रहेको ,२० प्रतिशतमा केहि न केहि समस्या रहेको ,सामान्य रहेका धेरै जनामा मृगौलामा पत्थरी, पित्तको पत्थरी,पाठेघरमा मासु पलाएको, पाठेघर सम्बन्धी विभिन्न समस्या रहेको र केहि पुरुष बिरामीको प्रोस्टेट बढेको पाईएको थियो । VIA गरेका २ जनामा पोजेटिभ देखिएकोले लुम्बिनी प्रदेश अस्पतालमा रेफर गरिएको छ ।
शिबिरमा करिब २५ लाख बराबरको सेवा र औषधी बितरण गरिएको थियो । शिबिर फागुन ३० गते देखि चैत ४ गते सम्म संचालन गरिएको थियो । शिबिरमा डा विवेक बिराट खनालले भिडियो एक्सरे सेवा,ओमकला सोमरे र समिक्षा पन्थले VIA सेवा , सिनियर अनमी अधिकृत भगवती ज्ञवालीले लामो समयको गर्भान्तर Implant सेवा प्रदान गर्नु भएको थियो । साथमा अन्य स्वास्थ्यकर्मी र स्थानीय सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाले सेवा पुर्याउनु भएको थियो । कार्यक्रमको सहजिकरणका सिअहेव सपना टण्डन ले गर्नु भएको थियो । शिविरको व्यवस्थापन स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दरले गर्नु भएको थियो ।