चैत २०
छत्रकोट गाउँपालिका गुल्मीका सहकारी संचालकहरुले गाउँपालिकाले सहकारीहरुको नियमन अनुगमनमा जोड दिदै उद्देश्य अनुरुप सहकारीलाई काम गर्ने आवस्यक नियमन गर्न भनेका छन ।
६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा गाउँपालिकाले आयोजना गरेको सहकारी सम्बन्धी अन्तरक्रिया तथा छलफलमा आज सहकारी संचालकहरुले यस्तो बताएका हुन ।
उनिहरुले राष्ट्रिय सहकारी दिवसको यस बर्षको नारा “सहकारीमा सुशासन प्रविधि र एकीकरण” अनुसार पालिका भित्रका सहकारीलाई समय अनुसारको प्रबिधीयुकत बनाउन र आवस्यक तालिमको माग समेत गरेका थिए ।
गाउँपालिका एवं कार्यक्रमका अध्यक्ष रामप्रसाद पाण्डेयले सहकारीहरुको माग र आवस्यकताका आधारमा आवस्यक प्रबिधी सम्बन्धी तालिम छिट्टै संचालन गर्ने र सहकारीलाई उद्देश्य अनुरुप काम गर्न प्रेरित गर्ने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले गाउँपालिका भित्रकका सहकारीलाई कृषिमा जोड्दै लैजाने बताउनु भयो । उहाले पालिकाले यस बर्ष मात्रै पनि ३ पटक गाउँपालिका भित्रकका सहकारी संग सहकारीका बिषयमा छलफल गरेको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर पूनले कार्यक्रममा स्वागत गर्दै राष्ट्रिय सहकारी दिवस र यस बर्षको नाराका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहकारी अगुवा तथा नयाँ कृषी अभियान कृषि सहकारी संस्था छत्रकोट ३ का अध्यक्ष नरपति काफ्ले, भगवती बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष धातानन्द भुषाल , जिल्ला सहकारी संघका सदस्य विष्णु प्रसाद शर्मा पन्त,रुरु एफ एमका संचालक युगराज बस्याल लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभगी सहकारी संचालकहरुले भिन्न सहकारी र गतिबिधीका बारेमा सवाल जवाफ गरेका थिए । कार्यक्रमको सहजिकरण सहकारी शाखाका यम बहादुर सिंजालीले गर्नु भएको थियो ।

