चैत २७
छत्रदेवी इभरग्रीन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल छत्रकोट २, देवपुरी गुल्मीको वार्षिक नतिजा प्रकाशन तथा अभिभावक भेला आज सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले शैक्षिक गुणस्तरमा नीजी विद्यालयको उच्च योगदान रहेको बताउनु भयो । उहाले यस बिद्यालयले सामुदायिक विद्यालयलाई थप सजग र प्रतिस्पर्धामा लगेको,एकल लगानीबाट छत्रकोट साथै देशकै शैक्षिक विकासमा गुणस्तरीय शिक्षा दिएर यस बोर्डिङले धेरै ठूलो योगदान दिएको पनि बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथी वडा सदस्य तथा बिद्यालयका सल्लाहाकार पिताम्बर अर्यालले सामुदायिक वा सस्थागत जुन माध्यमबाट भएपनी गुणस्तरीय शिक्षा दिएर बसाइँसराइ रोक्ने गाउँपालिकाको मुख्य दाइत्वमा यस बोर्डिङ स्कुलले धेरै ठूलो योगदान दिएको बताउनु भयो ।
कार्यक्रममा विद्यार्थी आयुशा कार्की, प्रभु बैंक छत्रकोट शाखाका शाखा प्रबन्धक रमेस पौडेल, भेडुवा बजार व्यवस्थापन समितिका अध्यक्ष हिमाल कार्की लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक सुबेदार मेजर शेरबहादुर टण्डनले गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षक रमेस बि कले गर्नु भएको थियो । कार्यक्रम भाइस प्रिन्सिपल रामकृष्ण कंडेलले संचालन गर्नु भएको थियो । छत्रदेवी इभरग्रीन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलको आन्तरिक र पालिकास्तरिय सबै परिक्षामा सतप्रतिशत रहेको छ । बिद्यालयले चैत २८ गते देखि भर्ना अभियान सुरु गरेको छ ।