बैशाख ४
जंगलमा लागेको आगो निभाउने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ पौदीको जंगलमालागेको आगो निभाउने स्थानिय ५८ बर्षिय महले घर्तीको ज्यानगएको हो ।
सुर्योदय माध्यमिक विद्यालयको जग्गा समेत रहेको जंगलमाआगो निभाउनको लागि घर्ती आइतबार बिहान ११ः३० को समयमा जंगलमा गएका थिए । सोहीक्रममा तलबाट आएको आगोको मुस्लोमा परी घर्तीकरिब डेढ सय मिटर तल खसेकाथिए ।
टाउको लगायत शरिरका विभिन्नभागमा चोट लागेका घर्तीलाई थपउपचारको लागि तम्घास अस्पताल ल्याएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । आगोमा परि सोही ठाउँका ५२ बर्षिय रेशमथापा घाइते भएका छन् ।
उनीभीरबाट ४० मिटर तल खसेकाथिए । उनको टाउको र निधारमाचोटलागेको छ । उनको अहिले गुल्मी अस्पतालमाउपचार भइरहेको छ । आगो भने अहिले पूर्णरुपमा नियन्त्रणमा आएको छ ।