बैशाख ४
नेपाल आयल निगमले गए रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ ।
सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन ९आइओसी०बाट नयाँ खरिददर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम सञ्चालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको निगमले जनाएको ।
आइओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ खरिद दर पठाउने गरेको छ । नयाँ खरिद दरमा आएको परिवर्तनअनुसार निगमले नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।