बैशाख ४
सुशासन र पारदर्शिताको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नगारिक गुनासो सुनुवाई प्रणाली संचालनमा ल्याएको छ ।
सुभाब पेटीकामा सुझाब दिए जस्तै अब स्थानिय नागरिकले आफ्नो फोन बाट गाउँपालिका लाई सिधै आफ्ना प्रश्न, गुनासा, सुझाब आफ्नै आवाजमा दिन सक्ने छन ।
प्रश्न गुनासा सुझाब दिने ब्याक्ति को हो भन्ने पहिचा गोप्य रहने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बताउनु भयो । ०७९४१००१५ पोन गरे पछि फोन गर्ने ब्यक्तिको फोनमा सिस्टमले जनकारी गराए अनुसार १ डायल गरे पछि फोन गर्नेको आवाज रेकर्ड सुरु हुने र रेकर्डमा फोन गर्नेको आवाज परिवर्तन हुने र नम्बर पनि रेकर्डमा नरहने हुदा फोन गर्ने ब्यक्तिको परिचय गोप्य रहने प्रमुख प्रशासकिय अधिकृत पाण्डेयले बताउनु भयो ।
गुनासो गर्ने ब्यक्तिको परिचय गोप्य रहने भएकोले ढुक्क भएर आफ्नो गाउँ समाजमा भए गरेका गतिबिधी, ढिलासुस्ती, अनियमितता, भ्रष्टचारजन्य गतितिबिधी गाउँपालिकाले सुरु गरेको नगारिक गुनासो सुनुवाई प्रणालीमा रेकर्ड गर्न सकिने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो । यो सेवा चौबिसै घण्टा संचालन हुने भएकोले कुनै पनि समयमा आफ्ना कुरा राख्न अध्यक्ष ज्ञवालीले आग्रह गर्नु भएको छ ।
गाउँपालिकाले नेपाल टेलिकम संग संभौता गरि यो सेवा सुरु गरेको हो । नागरिकको परिचय गोप्य रहने भएकोले, नगारिक गुनासो सुनुवाई प्रणाली प्रभाबकारी हुने बिश्वास गरिएको छ ।