वैशाख ५
आज रामनवमी पर्व । रामनवमी पर्व हिन्दू धर्मावलम्बीहरूकोलागि एक महत्वपूर्ण पर्व हो ।
यो पर्व प्रत्येक वर्ष चैत महिनामा पर्ने भए तापनि यो साल भने आज वैशाख ५ गते बुधबार परेको छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनका रूपमा लिइन्छ ।
यो पर्व चैत नवरात्रको बिचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत शुक्ल नवमीका दिन अयोध्यामा जन्मेका श्रीरामले दानवीय प्रवृित्तका रावणको अन्त्य गरी जनकल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।