वैशाख ६
लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले आज सरकारलाई पूर्णता दिन लागेका हुन।
यसअघि तिनजनालाई मात्र मन्त्री नियुक्त गरेका महराले आज सरकारलाई पूर्णता दिन लागेका हुन् ।
सबैभन्दा ठूलो दल नेकपा एमालेले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने ४ जना मन्त्रीको नाम टुंग्याएको छ ।
एमाले बाट रुपन्देहीका भूमिश्वर ढकाल सहरी विकास , गुल्मीका दिनेश पन्थी गृह, कपिलवस्तुका अर्जुनकुमार केसी वन र बाँकेका रत्नबहादुर खत्री सामाजिक विकास मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
२३ चैत मा मुख्यमन्त्री नियुक्त भएको दिन महराले एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मन्त्री नियुक्त गरेका थिए । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आज महराले एमालेबाहेक माओवादीबाट बाँकेकी कृष्णा केसी, एकस्कृत समाजवादीकी भगवती अधिकारी र जसपाका एक जनालाई मन्त्री नियुक्त गर्नेछन् । उनीहरुको शपथ आजै साँझ ५ बजेका लागि तय भएको छ ।