वैशाख १२
रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल जलेको छ ।
तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्वरको दमकल आज दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा जलेको हो ।
तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउने क्रममा हावासँगै आएको आगाको लप्काले आगलागी भएको थियो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरी चौकी मंगलापुरले जनाएको छ ।