वैशाख १९
रिडी माध्यमिक बिध्यालय रिडी गुल्मीमा निशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ ।
बिध्यालयका पुर्व प्रधानाध्यापक स्व स् दिवाकर ज्ञवालीको स्मृतिमा उहाँको परिवार र दिवाकर स्मृति प्रतिष्ठान नेपालको आयोजनामा स्वास्थ शिविर गरिएको हो ।
बिद्यालयका शिक्षक बिद्यार्थी तथा अभिभावक लाई उहाँका जेठा छोरा डा।मेघराज ज्ञवाली सहितको डाक्टर को समुहले शिविरबाट सेवा प्रदान गरेको हो। शिविरमा नाक,कान,घाटी तथा दातका रोगिलाई उपचार गरिएको थियो।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजु को अध्यक्षतामा रहेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रोहित भण्डारीले कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएको थियो। स्व स् दिवाकर ज्ञवाली गुल्मी जिल्लाका अङ्ग्रेजी विषयका प्रखर शिक्षक तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएका परिचित ब्यक्तित्व हुनुहुन्थ्यो । स्वास्थ शिविर आज ग्वादी माबिमा संचालन हुने वडा अध्यक्ष घनश्याम अर्यालले बताउनु भएको रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।