वैशाख १९
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।
पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।