वैशाख २०
ग्वादी माध्यमिक बिध्यालय रुरुक्षेत्र गाउँपालिका २ ग्वादी गुल्मीमा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
दिवाकर ज्ञवाली स्मृति प्रतिष्ठान र स्व दिवाकर ज्ञवालीको परिवारले ग्वादीमा हिजो निशुल्क स्वास्थ शिविर सम्पन्न गरेको हो ।
शिविरबाट ४ सय १५ जनाले सेवा लिएका छन । सेवाग्राही मध्ये ७ जना महिलालाई क्यान्सरको समस्या हुन सक्ने भएकोले थप उपचारको लागि रेफर गरिएको छ । २ जना बालबालिकालाई मुटु सम्बन्धी थप उपचारको लागि रेफर गरिएको छ । ग्वादी हेल्थ पोष्टलाई करिब ५० हजार रुपैया बराबरको ल्याबको सामान र स्थानिय लाई बिभिन्न आवश्यक औषधी बितरण गरिएको शिबिरमा सहभागी औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव प्रसाद ज्ञवालीले बताउनु भयो ।
शिबिरमा महिला तथा स्त्री रोग बिशेषज्ञ डाक्टर शर्मिला शर्मा, पाटन अस्पताल काठमाण्डौका अर्थोपेडिक डाक्टर बिदुर ज्ञवाली, क्यानडामा कार्यरत बालरोगका डाक्टर मेघराज ज्ञवाली, जनरल फिजिसियन डाक्टर शम्भु खनाल, छाला तथा यौन रोगका डाक्टर सुजन गौतम, क्रिमसन अस्पतालमा कार्यरत डाक्टर कुसल सापकोटा, आम्दा अस्पतालमा कार्यरत डाक्टर बिबेक शर्मा लगायतका डाक्टर नर्स तथा प्राबिधिकले स्वास्थ्य सेवा दिएका थिए ।
दिवाकर ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष डा भोजराज ज्ञवालीको अध्यक्षतामा एक समारोहका बिच निशुल्क स्वास्थ शिविर संचालन गरिएको थियो ।
समारोहका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले स्वर्गिय दिवाकर ज्ञवाली दुरदर्शी र सामाजिक ब्यक्तित्व रहेको उल्यख गर्दै प्रतिष्ठानको कामको प्रसंसा गर्नु भएको थियो ।
प्रतिष्ठानका संरक्षक डा मेघराज ज्ञवालीले दिवाकर ज्ञवाली स्मृति प्रतिष्ठान र निशुल्क स्वास्थ शिविरको बारेमा जानकारी गराउनु भएको थियो ।
वडा अध्यक्ष घनश्याम अर्यालले प्रतिष्ठान ग्वादी हुदै पालिका र जिल्लाब्यापीरुपमा सेवामा लाग्न शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन स्वर्गिय दिवाकर ज्ञवाली स्मृती ग्रन्थ सम्पादन समितिका सदस्य रुद्र प्रसाद ज्ञवालीले गर्नु भएको थियो ।
स्वर्गिय दिवाकर ज्ञवाली ग्वादीमा जन्मिएर लामो समय अध्यापन लगायत समाज सेवामा समर्पित हुनुहुन्थ्यो उहा कुनै पार्टिमा नलागी कम्युनिष्ट बिचारको प्रवद्धनमा लाग्नु भएको स्थानियले बताउ छन ।