वैशाख २०
जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पामा आगलागीबाट ३८ वटा घरगोठ जलेका छन् ।
रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६ हेक्लाङमा जङ्गलमा लागेको डढेलो बस्तीमा पसेर ३८ वटा घरगोठ जलेका हुन् । पूर्वखोलाको हेक्लाङमा २७ वटा घरगोठ र रामपुर नगरपालिकाको ४ र ५ मा ११ वटा घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
हिजो दिउँसोदेखि बस्तीमा पसेको आगो राति अबेर निभाइएको र वनको आगो भने अझै निभाउन नसकिएको प्रहरीको भनाइ छ ।