वैशाख २६
रुरुक्षेत्र गाउँपालिका गुल्मीले आर्थिबर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको लागि राय सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बैशाख २४ गते वडा नं. १,३ २५ गते २,६ र २६ गते ४ र ५ नंं. वडाका सरोकारवाला संग आगामी आर्थिबर्षको नीति तथा कार्यक्रमको लागि अन्तरक्रिया गरेको हो । अन्तरक्रियाको क्रममा ३ सय बढी स्थानिय सरोकारवालाबाट ६० बढी राय सुझाब संकलन गरिएको छ ।
वैशाख २६ गतेको राय सुझाब संकलन तथा अन्रक्रिया कार्यक्रमका प्रमुख अतिथी पूर्व सांसद कमलराज श्रेष्ठले गाउँपालिका मितब्ययी बन्दै जुन भुगोलमा जे उत्पादन हुन्छ त्यही ठुलोमात्रामा उत्पादमा लाग्नु पर्ने बताउनु भयो । उहाले योजना नछरेर एउटा काम र योजना सकेर अर्को योजनामा लाग्न सुझब दिनु भयो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले स्थानिय सरोकारवालाबाट प्राप्त सुझाबलाई आगामी आर्थिबर्षको नीति तथा कार्यक्रम धेरै समेट्न प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले बिकास निर्माणका काममा स्थानिय नागरिकले खबरदारी गर्न आवस्यक रहेको बताउनु भयो । उहाले पनि प्राप्त सुझाबलाइ नीति तथा कार्यक्रम समेट्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
गाउँपालिकाको पूर्व अध्यक्ष निलकण्ठ गौतमले प्रतिफल आउने योजनामा मात्र लगानी गर्न सुझाब दिनु भयो । उहाले बसाईसराई रोक्न कठिन रहेको उल्यख गर्नु भयो ।
गाउँपालिकाको पूर्व उपाध्यक्ष लक्ष्मि पन्तले अधुरा योजना पुरा गर्न सुझब दिनु भयो । उहाले फरकक्षमता भएका बालबालिकाका अभिभावकलाई घरमै उत्पादन संग जोड्ने नीति ल्याउन पनि सुझब दिनु भयो ।
कार्यक्रमका सहभागीले उत्पादन बृद्धी, बजारिकरण, स्वास्थ्य बिमामा गाउँपालिकाको लगानी हुनु पर्ने, लिफ्टीङ्ग खानेपानी महसुल समायोजन , उत्पादन, बसाई ब्यवस्थापन र जंगलको जग्गा बर्गिकरण, बर्तमान रोजगारीको तथ्याङ्क संकलन र पालिकामा उपलब्ध रोजगारीलाई एक घर एक रोजगारीको अवधारणामा ब्यवस्थापन, पूर्वाधार अनुगमन, पालिका कार्यलय सम्म सहज यातायत ब्यवस्था, भुक्तानी प्रक्रिया सरल बाउन लगायतका सुझाब स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी समाजसेवी दिएका थिए ।
कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले गर्नु भएको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रको अध्यक्षता वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले गर्नु भएको थियो । उहाले सहभागी सबैलाई धन्यबाद दिदै सुझबहरु आफ्नो क्षेत्र अनुसार एकै प्रकारका दिन आग्रह गर्नु भएको थियो ।



























