जेठ १
अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी भूभागमा मौसम सामान्य रहनेछ। देशका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षा हुनेछ।
यसैगरी, राति आंशिक बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा हुने महाशाखाको अनुमान छ।