
जेठ १
राष्ट्रिय युवा संघ छत्रकोट पालिका कमिटीले भगवती प्राथमिक बिद्यालय छत्रकोट गाउँपालिक ३ लुम्छाका बिध्यार्थीलाई शैक्षिक सामाग्री र खेलौना बितरण गरेको छ ।
राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री र खेलौना बितरण गरिएको युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपानेले बताउनु भयो ।
सामाग्री बितरणका अवसरमा नेकपा एमाले छत्रकोटका अध्यक्ष पिताम्बर अर्याल, पालिका सहइन्चार्ज रामप्रसाद पाण्डेय बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमाल थापा लगायतको सहभागिता रहेको थियो ।
युवा संघ छत्रकोट पालिका कमिटीले पालिकामा बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । युवा संघ अग्निपिडितको सहयोमा समेत जुटेको थियो ।