जेठ ३
पोखरा बाट गुल्मीको तम्घास आउदै गरेको बस रिडी नजिकै मकवादीमा दुर्घटना भएको छ ।
लु १ ख ८१७५ नम्बरको बस आज बेलुका करिब पौने ५ बजे सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्न गई दुर्घटना भएको बताईएको छ ।
बसमा १३ जना यात्रुहरु सवार रहेको,र १ जना गम्भिर घाईते भएको हाम्रा सहकर्मी चुरामणी तिमेलसेनाले बताउनु भएको छ । घाईतेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार हुदै छ । दुर्घटनाको थप बिवरण आउन बाँकी छ ।