
जेठ ९
छत्रकोट गाउँपालिकाले पालिका भित्रका सबै किशोरीहरुको रक्तअल्पता परिक्षण सुरु गरेको छ ।
किशोरी अवस्थामै रक्तअल्पताको अवस्था पत्ता लगाई नागरिकलाई स्वस्थ बनाउन र समयमै यको उचारको लागि नागरिकको रक्तअल्पता परिक्षण कार्यक्र गर्न लागिएको हो ।
रक्तअल्पता परिक्षण कार्यक्रम अन्तर्गत हिजो जनजागृती मावि हुँगामा १२४ जना,जनज्योति मा।वि। पल्लीकोटमा ८९ जना, सरस्वती मा।वि। हर्दिनेटामा ९२,आदर्श मावि।दिगाममा ११९,आत्मबोध मावि खर्ज्याङमा १५१, आदर्श आवि दौघामा २१ जना गरी जम्मा ५९६ जना किशोरीहरुको रक्तअल्पता परिक्षणका लागि नमुना संकलन गरिएको छ ।
आज पनि बाँकी बिद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षणको लागि नमुना संकलन गरिने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो । यसै अवसरमा किशोरीहरुको उचाई र तौल लिई उनिहरुको पोषणको अवस्थाको पनि जानकारी संकलन गर्न लागिएको र समस्या देखिएकालाई उपचार गर्ने कार्यक्र पनि रहेको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनु भयो । नागरिको स्वास्थ्यको लागि गाउँपालिकाले बिभिन्न रचनात्मक कार्यक्रम गर्दै जिल्लास्तरिय सुचाङ्कमा अब्बल बन्दै आएको छ ।