जेठ ११
अहिले देशभर मौसममा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमा महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशको पहाडी भू भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ साथै बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी, आजराति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा थोरै स्थानमा मेघगर्जन चट्याङ हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार अन्य प्रदेशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।