जेठ १२
देशका विभिन्न स्थानमा अहिले पानी परिरहेको छ। गुल्मी,पाल्पा,अर्घाखाँची,प्युठान, पर्वत, स्याङ्जा, दैलेख, दाङ काठमाडौं, धादिङ, नुवाकोट,लगायतका क्षेत्रमा आज बिहान देखि पानी परिरहेको मौसमविदले बताएका छन।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभावका कारण यी स्थानहरूमा बिहान हल्कादेखि मध्यम वर्षा भएको हो। अन्य भूभागमा आंशिकदेखि साधारणतया बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका थोरै दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।
राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको थोरै दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।