जेठ १८
आजदेखि रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ छ । स्तरोन्नतीको काम भइरहेकाले सडक बन्द गर्न गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गरि जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।
यो समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ ।