
जेठ २२
रुरुक्षेत्र गाउँपालिका गुल्मीले जातिय भेदभाब तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस बक्तित्वकला प्रतियोगिता गरि मनाएको छ ।
दिवसका अवसरमा हिजो गाउँपालिकाको सभा हल ध्यूबेसीमा १२ वटा बिद्यालयको सहभागितामा “जातिय भेदभाब तथा छुवाछुत उन्मूलनको लागि नागरिकको भूमिका” बिषयक बक्तित्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा जनबोध माध्यमिक बिद्यालय रानिबासकी छात्रा पुजा पौड्याल प्रथम, राष्ट्रिय माध्यमिक बिद्यालय थोर्गाकी छात्रा प्रिन्सा श्रेष्ठ दिव्तिय, ग्वादी माध्यमिक बिद्यालय ग्वादीकी छात्रा मनिका बराल तृतिय र भट्कुवा आधारभुत माध्यमिक बिद्यालय भट्कुवाकी छात्रा रजिना बिक सान्त्वना भएकका छन ।
कार्यक्रममा दलित आन्दोलनका सुरुवातकर्ता भगत सर्वजित बिकको जीवनीका बारेमा कार्यपालिका सदस्य दुर्गा बिकले जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले श्रम सिप चल्ने समुदायको पानी नचल्ने प्रथा कुप्रथा भएको बताउनु भयो । उहाले यस्ता कार्यक्रमले जातिय बिभेद कमगर्ने बताउनु भयो ।
कार्यक्रमको सहजिकरण दामोदर ज्ञवाली र दिपा गैह्रेले संचालन गर्नु भएको थियो । कार्यक्रममा अन्य सरोकारवालाले समेत आफ्ना बिचार राख्नु भएको थियो ।


















