जेठ २२
आज बिहानैदेखि लुम्बिनी प्रदेश लगायतका केही ठाउँमापानी परेको छ । लुम्बिनी, बाग्मती,कोशी, मधेश, र कर्णाली प्रदेशका केही ठाउँमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । आज दिउँसो बाग्मती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताउनुभयो । उहाँकाअनुसार मध्यपश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।