जेठ २४
आज देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक–दुई ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गएराति र बिहान काठमाण्डौसहित बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको थियो ।