अनिल खत्री
२९ जेठ, गुल्मी ।
नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशनको आजदेखि शुरु भएको छ । अधिवेशनको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् ।
पार्टी अध्यक्ष केपी ओली आउने भनेर प्रचारप्रसार गरिएपनि स्वास्थ्यका कारणले उपस्थित हुन नसकेको पार्टीले जनाएको छ । आज र भोलि अर्थात जेठ २९ र ३० गते दुई दिनसम्म हुने नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनमा ज्ञवाली सहित नेकपा एमाले सचिव गोकर्ण बिष्ट, प्रदेश इन्चार्ज पदमा अर्याल, पोलिट ब्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए । अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि रहेको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताए ।
अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ ।