जेठ ३१
पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल तर्फ जादैगरेको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवल जाने क्रममा भ्यू पोईन्ट नजिकै सडकबाट झण्डै १ सय मिटर कार खस्दा ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गए राती ९ बजेको समयमा नुवाकोट घुम्न गएकाहरु सवार लु २ च ८५३१ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरुमा बुटवल १० का ५६ वर्षिय रामप्रसाद शर्मा , तिलोत्तमा ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षिया भगवती श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा परि २ जना घाइते भएका छन् । घाइते हुनेमा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ रहेका छन् । उनिहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।