असार ३
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने परम्परा छ।
यो दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको मुस्लिम धर्मावलम्बीले बताउछन।
यो अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ। यो अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।