असार ३
जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको बिउ राख्ने दिन।
आजका दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ।
स्मार्त्त वेद,स्मृति र पुराण मान्ने हरूले सोमबार र वैष्णव सम्प्रदायले मंगलबार तुलसीको बिउ राख्ने पञ्चांग निर्णायक विकास समितिबाट सिफारिस पात्रोमा उल्लेख छ।
वैष्णव परम्परामा यो दिन निर्जल पानीसमेत नपिई व्रत बस्ने परम्परा छ। दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ।
एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ। एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ।