असार ११
मौसम पूर्वानुमान महाशाखाले हिजो दिउँसो बुलेटिनमार्फत् मनसुनी वायु देशभर फैलिएको बताएको छ।
मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।