महेश बोहरा,
असार ११
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
चन्द्रकोट गाउँपालिका गुल्मीको १५ औ गाउँसभाको पहिलो तथा दोश्रो बैठक असार १० गते सोमबार सम्पन्न भएको छ । पहिलो बैठकमा गाउँसभा अध्यक्ष युवराज खत्री क्षेत्रीले पेश गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
सभाको पहिलो बैठकमा सभामा प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो । दोश्रो बैठकमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को लागि तय भएको आर्थिक विधेयक २०८१ पेश सँगै पारित भएको छ ।
बैठकमा विनियोजन विधेयक २०८१ एवम् आर्थिक वर्ष २०७९र०८० को यथार्थ, चालू आ।व। २०८०र०८१ को संशोधित अनुमान तथा आगामी आर्थिक बर्ष २०८१र०८२ को अनुमानित व्यय सहितको बार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
सभाको बैठकमा उपाध्यक्ष भण्डारीले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३ सय ९४ ९६२।४१ प्रतिशत० यस्तै पुँजीगत तर्फ १८ करोड ९२ लाख ३१ हजार ९ सय ४७ ९३७।५९ प्रतिशत० बजेट सभामा पेश गर्नुभएको छ । गाउँसभाको चालु अधिवेशनको तेश्रो बैठक २०८१ असार १६ गते बिहान ११ बजे बस्ने गरी आजको लागि स्थगित गरिएको छ ।
गाउँपालिकाले पर्यटन, कृषि, रोजगार, शिक्षा,स्वास्थ्य, स्थानिय उत्पादन प्रवद्र्धनमा बिशेष जोड दिएको छ । आफ्नै उत्पादन खाउँ, चन्द्रकोट मै रमाउँ भन्ने नाराका साथ उत्पादनमा जोड दिने अनुदानका कार्यक्रमहरु ल्याएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । विकटलाई निकट बनाउने अभियान अन्र्तगत पूर्वाधारका कार्यक्रमहरु, उज्यालो पालिका बनाउने अभियानमा सडक बत्ती जडान गर्ने जस्ता कार्यक्रमहरु यसपालिको बजेटमा प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।