
असार २०
माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६१ जिपिए सहित गुल्मीदरबार गाउँपालिकामा सामुदायिक विद्यालय तर्फ प्रथम भएका एन्जिल कार्की लगायतका बिध्यार्थीलाई सम्मान गरिएको छ ।
रुन्खादह माध्यमिक विद्यालय ,गुल्मीदरबार ४,रुन्खादह, गुल्मीले शैक्षिकसत्र २०८० मा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६१ जिपिए सहित सफल भएका एन्जिल कार्की लगायत अन्य १९ जना विद्यार्थीहरुलाई हिजो एक समारोह बीच सम्मान गरेको हो।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर पल्लीको अध्यक्षता ,वडा अध्यक्ष देबीराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सफल विद्यार्थी र उनीहरुका अभिभावक एवं कम्प्युटर शिक्षक नेत्र प्रसाद कंडेललाई सम्मान गरिएको थियो ।बिशेष अतिथि एवं पुर्ब बि। ब्या स। अध्यक्ष नगेन्द्र किरण ठकुरीले विद्यार्थी एन्जिल कार्कीलाई पुरस्कार स्वरुप करुवा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक यम बहादुर रजालीको स्वागत मन्तव्य र विद्यालय प्रधानाध्यापक देब बहादुर पाण्डे ,वाड न ४ वडा सदस्य सरस्वती स्वर्णकार , बि। ब्या।स। पुर्ब अध्यक्ष नगेन्द्र किरण ठकुरी , बि। ब्या। स। निवर्तमान अध्यक्ष ठाकुर प्रसाद शर्मा ९खनाल ० वडा अध्यक्ष देबी राम पोखरेलले सफल विद्यार्थीहरु लाई बधाई एव शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी अरिना रजालीको नृत्यले कार्यक्रमलाई अझ रोचक बनाएको थियोे । कार्यक्रम शिक्षक बम बहादुर बस्नेतले संचालन गर्नुभएको थियो ।