असार २२
छत्रकोट गाउँपालिका गुल्मीमा कृषक प्रोत्साहन कार्यक्रम अन्तरगत कृषकहरुलाई नगद रकम प्रदान गरिएको छ ।
बार्षिक साढे तीन लाख भन्दा बढीको आफ्नै कृषि उत्पादनको कारोबार गर्ने १०१ जना कृषकलाई प्रति कृषक नगद रु १५ हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रदिप पन्थले जानकारी दिए ।
तरकारी, दुध, फलफुल तथा तरकारी लगायतका कृषि उपजको क्षेत्रमा काम गरिरहेका किसानहरुलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरिएको पन्थले बताए ।
उक्त कार्यक्रम अन्तरगत वडा नम्बर १ मा ३७ , वडा नम्बर २ मा ६, वडा नम्बर ३ मा ३०, वडा नम्बर ४ मा २२, वडा नम्बर ५ मा ५ र वडा म्बर ६ बाट एकजना किसान कृषक प्रोत्साहन बाट लाभाम्बित भएका छन् ।
गाउँपालिकाको सभाहलमा हिजो सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता, उपाध्यक्ष सावित्रा ज्ञवालीको स्वागत मन्तव्य तथा पशु सशाखा प्रमुख टेक बहादुर खनालको संचालनमा सम्पन्न भएको थियो ।
गाउँपालिकाले यसभन्दा पहिले प्रति लिटर तीन रुपैँयाका दरले दुधमा उत्पादन आधारित अनुदान पनि वितरण गरेको छ । दिएको थियो । अब अर्को आर्थिक बर्षबाट कृषिको क्षेत्रमा पनि उत्पादनमा आधारित
अन७३घढसदान दिने योजना रहेको गाउँपालिकाका कृषि शाखा प्रम७३घढसख पन्थले बताए ।