असार २२
छत्रकोट गाउँपालिकाको पल्लिकोट हुँगा लगायत सत्यवती गाउँपालिकाको बिभिन्न क्षेत्रमा गए राती देखि बिद्युत सेवा ठप्प भएको छ ।
अबिरल बर्षाका कारण पहिरोले गुल्मीदरबार गाउँपालिकाको बिरबास बजार नजिकैको ११ केभिए प्रशारण लाईनको २ वटा पोलमा क्षती भएकोले बिद्युत सेवा बन्द भएको बिरबास सब स्टेशनले जानकारी दिएको छ ।
नेपाल बिद्युत प्राधिकरण तम्घासको प्राबिधिक टोलि मर्मतको लागि आउदै गरेको र केही समय पछि बिद्युत सुचारु हुने बताईएको छ ।