असार २२
रुरुक्षेत्र गाउँपालिका ३ थानपतीको स्यालपोखरी ठाँटीमा पहिरोले घर पुरिदा एक जना घाईते भएकी छन ।
अबिरल बर्षका कारण घर माथिबाट आएको पहिरोले घर पुरिदा घर धनी उजेली भनेर चिनिने रुपा बिक घाईते भएको रुरुक्षेत्र गाउँपालिका १ का वडा सदस्य घनश्याम ज्ञवालीले बताउनु भयो ।
घाईते बिकको स्थानियले उद्दार गरेको, घरमा आमा छोरी मात्र रहेको र छोरी घास काट्न गएकोले घटनामा नपरेको, पशुचौपाए भने सुरक्षित रहेको वडा नं. ३ का अध्यक्ष शेषनारायण पौड्यालले बताउनु भयो ।