
असार २२
रुरुक्षेत्र गाउँपालिका ५ सालटारीमा स्थानिय चार जनाको घर गोठ पहिराको उच्च जोखिममा परेका छन ।
अबिरल बर्षका कारण घर नजिकै बाट पहिरोे गएकोले कृष्ण माझी, रिता माझी, मोहन माझीको घर र काहुलेका मन बहादुर रानाको गोठ पहिराको उच्च जोखिममा परेको वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले बताउनु भयो ।
घर गोठ जोखिममा परेकाहरुलाई गाउँपालिका बाट त्रिपाल उपलब्ध गराईएको र सुरक्षाको लागि थप सामान र सहयोगको तयारी गरिएको पनि वडा अध्यक्ष ज्ञवालीले बताउनु भयो ।