असार २३
छत्रकोट गाउँपालिका गुल्मीका सबै सरकारी तथा सामुदायिक बिद्यालयमा असार २४ र २५ गते २ दिन बिदा दिईएको छ ।
अबिरल बर्षाको कारण जनजिवन कष्टकर भएको र बिध्यार्थी शिक्षक बिद्यालय जान आउन समेत कठिन हुने भएकोले बर्षे बिदामा कटौती गर्ने गरि छत्रकोट गाउँपालिका भित्रका सबै बिद्यालयमा बिदा दिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले बताउनु भयो ।
यस्तै प्रथम त्रैमासिक परिक्षा पनि असार २४ देखि गर्न तय गरिएकोमा उक्त तालिका स्थगित गरि असार २६ गतेबाट संचालन हुने समेत आचार्यले बताउनु भयो ।