असार २३
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो विशेष मौसम बुलेटिन जारी गरेर मनसुनी न्यूनचापीय रेखा भोलीदेखि दक्षिणतिर सर्ने भएकाले बर्षा घट्ने जनाएको छ।
पछिल्ला तीन दिन मनसुनी न्यूनचापीय रेखा नेपाल नजीक भएकाले देशैभरि ठूलो वर्षा भएको थियो। कतिपय ठाउँमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित पनि भएको छ।
भोली सोमबारदेखि वर्षाको क्रम कम हुदै गए पनि पनि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा र थोरै स्थानमा अत्यधिक वर्षाको सम्भावना भने यथावत् छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विभागले वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि सुझाव दिएको छ।