साउन २
शिद्धपिठ टोलबिकास संस्था छत्रकोट गाउँपालिका दिगामले स्थानिय ६० जनालाई हिजो निशुल्क कुरिलोको बिरुवा बितरण गरेको छ ।
डिभिजन बन कार्यालय गुल्मीले सिलादी बन नर्सरी सिमलटारीबाट उपलब्ध गराएका कुरिलोको बिरुवा टोलबिकास संस्थाका अध्यक्ष रामकृण्ण न्यौपानेले करिब १५ हजार रुपैया आफ्नै लगानिमा ढुवानी गरि प्रतिब्याती १५ वटाका दरले उपलब्ध गराको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
यस्तै चण्डीस्थान टोलबिकास संस्थाले पनि स्थानिय ४० जना लाई निशुल्क कुरिलोको बिरुवा बितरण गरेको टोलबिकास संस्थाका अध्यक्ष किरण न्यौपानेले बताउनु भयो ।
पछिल्लो समयमा कुरिलोको माग बढेको छ । कुरिलोलाई पौष्टिक तरकारिको रुपमा प्रयोग गरिन्छ ।