काठमाडौं। नेपालीहरूको ठुलो पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्नो बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।
लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीले पनि यो वर्षको लागि नयाँ गीत हर हर महादेवु बोलको गीत भर्खर मात्र सार्वजनिक गरेका छन्। यस गीतमा माया प्रेमलाई धर्मसँग जोडेर प्रस्तुत गरिएको छ। पछिल्लो समय धेरै दर्शकको रोजाइमा यस्ता गीतहरू पर्ने गरेका छन्। हिन्दुहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिर परिसरमा यो गीतमा टिकटक बनाउनेहरु निकै बढिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । धेरैले यो गीतको थेगोमा पशुपतिको गेटमा भिडियो बनाइरहेका छन ।
राजन कार्कीकै लय तथा शब्द सिर्जना रहेको यस गीतमा कार्कीलाई आवाजमा जीवन दाहाल, कमला सुनार, र शान्ता बर्देवाले साथ दिएका छन्। गीतलाई याम थापा मगरले संगीत संयोजन गरेका छन्।
गीतको भिडियो पनि निकै राम्रो बनेको छ। भिडियोलाई रमणीय स्थानमा कुमार केसीले निर्देशन गरेका छन् भने तेजश रेग्मी र अस्मिता रनपालको मुख्य भूमिका रहेको छ।