साउन २
छत्रकोट गाउँपालिका २ पल्लिकोट कोट डाँडामा पिपलको बिरुवा रोपण गरिएको छ ।
स्थानिय साजसेबी एवं नेकपा एमाले छत्रकोट गाउँपालिका अध्यक्ष पिताम्बर अर्याल र उहाकी धर्मपत्नी सुनिता अर्यालले आज आफ्नी सुपुत्री रितु अर्यालको सुभ जन्मदिको अवसरमा पिपलको बिरुवा रोपण गर्नु भएको हो ।
छत्रकोट गाउँपालिका २ पल्लिकोट कोट डाँडामा १०८ पिपल, बर, स्वामी लगायतका धार्मिक बिरुवा रोपिएको छ । सोही स्थानमा १०८ पिपल मध्ये नजागेका बिरुवाका स्थानमा उहाहरुले थप गर्नु भएको हो ।
यस अघि ३ बर्ष पहिले १०८ पिपल रोपण कार्यक्रममा पनि उहाहरुले १० वटा पिपल रोपी संरक्षण गर्दै आउनु भएको छ । छत्रकोट गाउँपालिका २ पल्लिकोट कोट डाँडामा ठूला साना गरि १०८ पिपल अन्य धार्मिक बिरुवाको दर्शन गर्न सकिन्छ ।