साउन ४
गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । पछिल्लो ७ घण्टामा सबैभन्दा धेरै पाल्पाको बल्याढ्याङगढी र सिन्धुपाल्चोकको गोब्रेमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ ।
चितवन, लमजुङ, मकवानपुर लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको छ । लगातार र ठूलो पानी परेका ठाउँमा बाढी आएको छ ।
धेरै परेका क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
रुपन्देहीको तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
चितवनको देवघाट, शिलिङ्गे, गोविन्दबस्ती र आसपास वर्षामापन केन्द्रमा तथा पाल्पाको बलड्याङगढीमा मध्यमदेखि ठूलो वर्षा भएकाले ती क्षेत्र भई बहने ससाना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।
आज बाग्मती र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।