साउन ५
चण्डिस्थान टोल विकास संस्था छत्रकोट गाउँपालिका दिगामका गुल्मीले कृषि उपज सङ्कलन र बजारिकण गर्ने भएको छ।
आज छत्रकोट ४ दिगाम चण्डीस्थानमा चण्डिस्थान टोल विकास संस्थाको आयोजनामा स्थानियको बृहत भेलाले यस्तो निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष किरण न्यौपानेको अध्यक्षतामा बसेको बृहत भेलाले चण्डिस्थान कृषि उपज सङ्कलन केन्द्रको रुपमा काम अगाडि बढाउनका लागि चण्डिस्थान टोल विकास संस्थाका कोषाध्यक्ष मधु न्यौपानेलाई जिम्मेवारी प्रदान गरेको छ।
यसै भेलाले सम्पूर्ण किसानहरूलाई आफ्नो कृषि उत्पादनको बजारीकरणको लागि तत्काल कार्यविधि बनाएर अगाडि बढ्ने, बजारको सुनिश्चितता गर्दै कृषि उत्पादनको वृद्धि गर्न समेत किसानहरूलाई आग्रह गरिएको छ।
यसअघि चण्डिस्थान टोल विकास संस्थाले कृषिलाई प्राथमिकतामा राख्दै झाडी सफाई , कुरिलो तथा अन्य फलफुल जातका र आम्दानीको स्रोत वृद्धि गर्ने बिरुवाहरू वितरण गरिसकेको छ। साथै चण्डिस्थान टोल विकास संस्था अन्तर्गतको चण्डिस्थान बजारमा विभिन्न जातका फल र फूलका बिरुवा पनि रोपण गरेको छ।
कृषि उत्पादनको बजारिकरणको लागि छत्रकोट गाउँपालिकाले प्रत्येक बर्ष नीति तथा कार्यक्रम सर्वजनिक गरे पनि कार्यान्वयन गर्न सकेको छैन । गत बर्ष करिब २ सय पचास बढी नीति सर्वजनिक गरेको पालिकाले यस बर्ष पनि करिब बरिब उस्तै नीति तथा कार्यक्रम सर्वजनिक गरे पनि कार्यान्वयनको प्रक्रिया समेत अगाडी बढाउन सकेको छैन ।