साउन ९
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचायले आज सपथ लिने भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संसदीय दलका उपनेता आचार्यलाई गत सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्ममन्त्रीसहित मन्त्रीहरुको शपथ बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आज बिहान राखिएको छ। प्रदेशमा हाल रहेका १२ मन्त्रालयलाई कायमै राखेर भागबन्डा गर्ने जनाइएको छ। कांग्रेसले ५ र एमालेले मुख्यन्त्रीसहित ४ मन्त्रालय पाउने गरी मन्त्रीहरुको टुंगो लगाइएको छ।
सानादललाई समेट्न २ मन्त्रालय दिने कांग्रेस–एमालेको तयारी छ ।
एमालेबाट एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीको नाम टुंगो लागेको छ।
कांग्रेससँग छलफल गरेर मन्त्रालय टुंगो लगाउने, मन्त्रालय नटुगिएमा विनाविभागीय रूपमा सपथ लिने बताईएको छ।
नेपाली कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
कांग्रेस संस्थापन पक्षीय नेताहरूका अनुसार प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना सहित गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन्।