साउन १८
राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षामा आदर्श माध्यमिक बिद्यालय छत्रकोट गाउँपालिका प्रथम भएको छ ।
प्राप्ताङ्क तर्फ विद्यार्थी बिकाश पन्थले ३.७५ जीपीए सहित छत्रकोट गाउँपालिका गुल्मी प्रथम र २५ जना बिध्यार्थी परिक्षामा सहभागी भएकोमा २२ जना बिध्यार्थी उत्तिर्ण भई ८८ प्रतिशत बिध्यार्थी सफल भएर बिध्यालय पनि प्रथम भएको प्रधानाध्यापक टंक पन्थले बताउनु भयो ।
छत्रकोट गाउँपालिकामा ५ वटा कक्षा ११ र १२ संचालन भएका बिद्यालय छन । ५ वटा माबि बाट कक्षा १२ को परिक्षामा १ सय ८२ जना बिध्यर्थी परिक्षामा सहभागी भएको मा १ सय २० जना बिध्यर्थी उत्तिर्ण भएका छन ।