साउन १८
राष्ट्रिय युवा संघ छत्रकोट गाउँपालिका गुल्मीले छत्रकोट गाउँपालिका वडा नं. २ पल्लिकोट कोलडांडामा भोली बिहान ११ बजे बृक्षारोपण गर्ने भएको छ ।
राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीको एक युवा ५ बिरुवा रोपण कार्यक्रम अनुसार पल्लिकोटमा बृक्षारोपण गर्न लागिएको हो ।
डिभिजन बन कार्यालय गुल्मीले उपलब्ध गराएका टिम्मुर, लप्सी, बेलौती, अमला, गुलमोहर लगायतका ४ सय बढी बिरुवा ३५ रोपनी बढी सार्वजनिक स्थानमा रोप्न लागिएको छ ।
बिरुवा रोप्न ग्वाघा टोल बिकास संस्थाले सहकार्य गरेको र बिरुवा, बिरुवा रोप्ने खाडल लगायतको आवस्यक तयारी पुरा भएको टोलबिकास संस्थाका अध्यक्ष झबिन्द्र कार्कीले बताउनु भयो ।
छत्रकोट गाउँपलिकाले वडा नं. २ पल्लिकोटमा होमस्टे संचालन गर्ने नीति लिएकोले त्यसलाई पनि सहयोग पुर्याउने उद्देस्यले पल्लिकोटमै बृक्षारोपण गर्न लागिएको युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपानेले बताउनु भयो ।
युवा संघ गुल्मीका पूर्व सचिब युवा ब्यवसायी रामकृष्ण न्यौपानेले ब्यवस्थापनको लागि सहयोग गर्दै यस्ता कार्यक्रमले युवालाई सामाजिक काममा लाग्न प्रेरित गर्न सहयो पुग्ने भएकोले कार्यक्रममा सहभागिताको लागि सबैलाई आग्रह गर्नु भएको छ ।
छत्रकोट गाउँपलिकामा रामप्रसाद पाण्डेय गाउँपालिका अध्यक्ष भएर आए पछि धेरै आकर्षक नीतिहरु सार्वजनिक भए पनि अधिकांस नीति र योजना कार्यबिधी ऐनकानुन नबनाएका कारण कार्यान्वयनमा आएका छैनन । पल्लिकोटमा होमस्टे संचालन गर्ने नीतिले पनि केही बर्ष देखि निरन्तरता पाएको छ तर कार्यान्वयनको लागि हाल सम्म कुनै काम नभएको एक जनप्रतिनिधीले बताए ।
राष्ट्रिय युवा संघ छत्रकोटको यस कार्यक्रमले बिगत केही बर्ष देखि कागजमै सिमित बर्तमान नेतृत्वको पल्लिकोटमा होमस्टे संचालन गर्ने नीति कार्यान्वयन गर्न नैतिक दबाब सृजना हुने देखिएको छ ।