साउन २०
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल छत्रकोट गाउँकमिटी गुल्मीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
युवा संघले गाउँपालिकाको वडा नं २ पल्लिकोट कोलडाँडामा रहेको करिब ३५ रोपनी खाली जग्गामा डिभिजन बन कार्यालय गुल्मीले उपलब्ध गराएका टिम्मुर, लप्सी, बेलौती, अमला, गुलमोहर लगायतका ४ सय बढी बिभिन्न जातका बिरुवा रोपेको हो ।
वृक्षारोपण कार्यक्रमका अध्यक्ष एवं युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपानेले छत्रकोट गाउँपालिले वडा नं २ पल्लिकोटमा होमस्टे संचालन गर्ने नीति लिएकोले त्यसलाई पनि सहयोग पुर्याउने उद्देस्यले पल्लिकोटमै बृक्षारोपण गरिएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी युवा संघका केन्द्रिय सदस्य, एवं गुल्मी जिल्ला ईन्चार्ज कपुर घिमिरे हुनुहुन्थ्यो । कार्यक्रममा नेकपा एमाले पल्लिकोटका अध्यक्ष
दुर्गा प्रसाद सुनारले सुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाल शिंह काउछा, सचिव धर्म बिष्वकर्मा, नेतृ नर्मदा भण्डारी, गाउँ कमिटी अध्यक्ष पिताम्बर अर्याल, छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, जिल्ला सदस्य डिलाराम न्यौपाने, छत्रकोट सचिव यज्ञ पाण्डे, एमाले नेता होमनाथ कंडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम संचालन गर्दै युवा संघ गुल्मीका पुर्व सचिव रामकृष्ण न्यौपानेले दैनिक जीवनमा उपयोग गर्न सकिने अमला, लप्सी, टिमुर, बेलौती, गुलमोहर,धुपी लगायतका ४ सय बढी बिरुवा रोपेको जानकारी दिनुभयो ।
कार्यक्रममा बिरुवा रोप्न सहयोग गरेको ग्वाघा टोल बिकास संस्थाका अध्यक्ष झबिन्द्र कार्कीले स्वागत गर्नु भएको थियो।
छत्रकोट गाउँपलिकामा रामप्रसाद पाण्डेय गाउँपालिका अध्यक्ष भएर आए पछि धेरै पटक पल्लिकोटमा होमस्टे संचालन गर्ने नीति सार्वजनिक भएको छ तर यसको कार्यान्वयनको सुरुवात हुन सकेको छैन । यसकार्यक्रमले होमस्टे संचालन गर्ने नीति कार्यान्वयन गर्न पनि नैतिक दबाब सृजना गरेको छ ।