साउन २१
चण्डीस्थान टोलबिकास संस्था छत्रकोट गाउँपालिका ४ दिगाम गुल्मीले स्थानिय किसानको कृषि उत्पादन संकलन तथा बजारिकरण गर्न सरोकारवाला संग आज अन्तरक्रिया गरेको छ ।
टोलबिकास संस्थाले स्थानिय किसानको कृषि उत्पादन संकलन गरि एन आर एस एग्रिकल्चर रिसर्च प्रा लि बुटवल संगको सहकार्यमा बजारिकरण गर्न स्थानिय किसान, रिसर्च प्रा लिका प्रतिनिधी,वडा अध्यक्ष र गाउँपालिकाकी कार्यबाहक अध्यक्ष बिच छलफल पछि बजारिकरण गर्ने प्रक्रिया अगाडी बढाउन अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा सहभगी किसान तथा टोलबिकास संस्थाका प्रतिनिधीहरुले बजारीकरणको दिगोपना र मूल्य निर्धारणका बिषयमा जिज्ञासा राखेका थिए । रिसर्च प्रा लिका प्रतिनिधीहरु अध्यक्ष भेषराज फुल्लेल, संचालक बिक्रम खनाल र शोभाखर पाण्डेयले आवस्यकता अनुसार ढुवानी गर्ने, उत्पादनको मासिक भुक्तानी दिने, उत्पादन टिप्नु अधि मूल्य निर्धारण गर्ने, अर्ग्यानिक उत्पादनलाई जोड दिने र आईपर्ने समस्या आपसी समझदारिमा समाधान गर्ने बताएका थिए ।
शिद्धपिठ टोल बिकास संस्थाका अध्यक्ष रामकृष्ण न्यौपानेले बेमौसमी उत्पादनको मूल्य उत्पादन सुरु गर्नु पूर्वनै तय गरेमा बेमौसमी उत्पादनमा किसान उत्साहित हुने बताउनु भएको थियो । यस्तै नारायण प्रसाद न्यौपाने, देबि प्रसाद पाण्डेय, रिसिराम पाण्डेय, शामलाल पन्थ, शेर बहादुर गाहा लगायतले सुझाब तथा जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रमका बिशेष अतिथी वडा अध्यक्ष तथा छत्रकोट गाउँपालिकाका प्रबक्ता गुणाकर ज्ञवालीले टोलबिकास संस्था छत्रकोट गाउँपालिकाको अभिन्न अंग तथा स्थानियको नजिकको सरकार भएको घोषणा गर्नु भयो । उहाले गाउँपालिकाको अघिल्लो स्थानिय सरकारले निर्माण गरेका ब्लक समितिलाई कानुसंबत र ब्यवहारिक कार्यान्वयनको लागि गाउँपालिकाले टोलबिकास संस्था गठन गरेको बताउदै टोलबिकास संस्थाले गर्ने काम पनि स्थानिय सरकारकै भएको भन्दै, छत्रकोट गाउँपालिकाले बजारिकरणको नीति सार्वजनिक गरेर कार्यान्वयन गर्न नसकेको बिषयलाई बचाउ गर्नु भएको थियो ।
गाउँपालिकाकी कार्यबाहक अध्यक्ष साबित्रा ज्ञवालीले स्थानिय किसानको कृषि उत्पादन संकलन तथा बजारिकरण गर्न सहकारिको मोडल कार्यान्वयनमा ल्याउन खोजे पनि नसकेको स्विकार्दै, यस कार्यक्रमको जमानी बस्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
टोलबिकास संस्थाका अध्यक्ष किरण न्यौपानेले किसानको कृषि उत्पादन संकलन तथा बजारिकरण जुनसुकै अवस्थामा पनि गरि छाड्ने र किसानलाई उत्पादनको उचित मूल्य उपलब्ध गराउने बताउनु भयो । उहाले कार्यक्रमका बिशेष अतिथी वडा अध्यक्ष ज्ञवालीले टोलबिकास संस्था छत्रकोट गाउँपालिकाको अभिन्न अंग भनेकोमा स्वागत गर्दै बोलेका कुरा सरकारका प्रतिनिधीले ब्यवहारमा नदेखाएमा कार्यालय सम्मै पुग्ने चेतावनी समेत ब्यक्त गर्नु भयो ।
छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पालिकाले आयोजना गरेका सार्वजनिक समारोहमा पटक पटक किसानको कृषि उत्पादन संकलन तथा बजारिकरण गर्ने आस्वासन र भाषण गरे पनि यसको कार्यान्वन हुन सकेको छैन । किसानले ब्यापारिले उत्पादन र मूल्यमा मनोमानि गरेर पिडिडित भयौ भन्दै का गुनासो गरे पनि ब्यवस्था हुदै आएको छ र यस्तै कार्यान्वयन नभका धेरै योजना सार्वजनिक गरेर सस्तो लोकप्रियताको अभ्यास मात्र भएको छ ।